काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार करिब ११ अंकले घटेको छ । नेप्सेमा सूचीकृत समूह राताम्य बनेपछि समग्र बजार परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा झरेको हो ।
आज १६१ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दा पनि ७७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ६ वटा कम्पनीको भने स्थिर रह्यो ।
सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब ३८ करोड ९७ लाखको कारोबार भएकामा आज ६ अर्ब ९६ करोडको कारोबार भयो ।
आज गार्डियन लाईफ इन्स्युरेन्स र न्यादी हाईड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल रिपब्लिक मिडियाको ८.८४ र सप्तकोशी विकास बैंकको ६.४३ प्रतिशत मूल्य बढेको छ ।
व्यापार ०.१० र अन्य ०.२३ प्रतिशत बढेको छ । निर्जीवन बिमा स्थिर रहेको छ ।
त्यस्तै, बैंकिङ समूह ०.३७, म्युचुअल फन्ड ०.१८, जीवन बिमा ०.६१, जलविद्युत ०.७६, विकास बैंक ०.२३, लगानी ०.४५, वित्त १.२३, होटल तथा पर्यटन ०.१७, लघुवित्त ०.२७ प्रतिशत घटेको छ । उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै २.०७ प्रतिशत घट्यो ।
बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोपावरको ८.२४, सामुदायिक लघुवित्तको ८.१० र अपर लोहोरेखोलाको ६.२५ प्रतिशत मूल्य घटेको छ ।