काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ६ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सयले बढेको हो ।
त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी एक हजार नौ सय ६० मा कारोबार भएको थियो ।
नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।