काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबारका लागि १ लाख ६८ हजार एक सय रुपैयाँ निर्धारण भएको हो ।
आइतबार चाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १९ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८६१.२६ डलरमा कारोबार भइरहेको छ ।