• Menu

सुनको मूल्य तीन दिनमा ५ हजार ७ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८१ माघ २४, ११:५३

सुनको मूल्य तीन दिनमा ५ हजार ७ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि लागातार उकालो लाग्न थालेको सुनको मूल्य बिहीबार पनि बढेको हो ।

तीन दिनको अन्तरालमा ५ हजार ७ सय रुपैयाँ बढेको छ। मंगलबार १९००, बुधबार २२०० र बिहीबार १६०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २८६६.१३ डलरमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला १९ सय ७५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्