काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यका साथ ‘उडान मेला’ नामक योजना सार्वजनिक गरेको छ । माघ २ बाट सुरु भएको यो अफरमार्फत आइएमई पे का सेवाग्राहीले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
योजनामा नियमित ग्राहकले ‘सेभ १००’ प्रोमो कोड राखेर १०० रुपैयाँ क्यास ब्याक र पहिलोपटक आइएमई पे बाट टिकट खरिद गर्ने ग्राहकले ‘FIRSTFLY’ प्रोमो कोड राखेर ३०० रुपैयाँ क्यासब्याकको लाभ उठाउन सक्नेछन् । हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘Have Promocode?’ सोधिएको ठाउँमा यी प्रोमो कोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै ‘उडान मेला’ले हाम्रा प्रयोगकर्तालाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर कोड स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याक सुविधा पनि उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।