काठमाडौं । सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ घटेको छ ।
नेपाली बजारमा शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज आइतबारका लागि १ लाख ५७ हजार एक सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २७०३.२ डलरमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १८ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १८ सय ६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।