काठमाडौँ । सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार तीन सय र चाँदी ५० रुपैयाँ बढेको हो ।
बिहीबार प्रतितोला एक लाख ५६ हजार ६ सयमा कारोबार भएको सुन आजका लागि प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य दुई हजार ७१४.९८ अमेरिकी डलरमा कायम भएको छ ।