काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ । काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएका कारण उनलाई प्रहरी परिसर काठमाडौंको न्यायिक हिरासतमा पठाइएको हो ।
सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट लगिसकेको छ । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिनेछ ।
कास्कीको सूर्यदर्शन सहकारी ठगीमा बिहीबार धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि उनी आइतबार आफैं अदालत उपस्थित भएका थिए ।