काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो कारोबार दिन आइतबार २५.४१ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ अंकमा ओर्लिएको हो ।
आज १९३ कम्पनीको सेयर मूल्य घटेको छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि ४४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ६ वटा कम्पनीको भने स्थिर रह्यो ।
आज कारोबार घटेको छ । आज ३०१ कम्पनीको ३ अर्ब ९९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो । गत बिहीबार ७ अर्ब ३० करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
सबैभन्दा बढी वित्त समूह ३.६० र विकास बैंक समूह १.६० प्रतिशतले घटेको छ ।
बैंकिङ ०.८६, होटल तथा पर्यटन ०.७७, जलविद्युत १.४४, लगानी ०.३९ र जीवन बिमा समूह ०.१२ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन १.३६, लघुवित्त ०.८७, म्युचुअल फण्ड ०.४२, निर्जीवन बिमा शून्य . ७३, व्यापार ०. १० र अन्य समूह ०. ६० प्रतिशतले घटेको छ ।
आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४१ लाखको कारोबार भएको छ ।
कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको ६ लाख ३६ हजार आठ सय चार कित्ता सेयर किनबेच भएको छ ।