काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१.०५ प्रतिशत लाभांश लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २६ मा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि समेत गरी ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । कम्पनीले गत वर्ष पनि २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।