काठमाडौं । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेको छ ।
नेपाली बजारमा बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज शुक्रबार लागि १ लाख ५४ हजार एक सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २६७१.९९ डलर पुगेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १८ सय ४० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १८ सय ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।