• Menu

बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान नहुने रहेछ : अध्यक्ष ढकाल

नेपाल प्रफिट

२०८१ पुस २५, १५:४५

बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान नहुने रहेछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बिमा क्षेत्रको पुँजीलाई देश विकासमा प्रयोग गर्न सकेमा अर्थतन्त्रलाई थप चलायमान बनाउने बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित ‘नेसनल इन्स्योरेन्स डिस्कोर्स’मा उनले बिमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताए । अर्थतन्त्र चलायमान हुन सबै क्षेत्र चलायमान हुन आवश्यक रहेकाले बिमाको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने उनको भनाइ छ ।

‘बैंकमा पर्याप्त तरलता हुँदैमा अर्थतन्त्र चलायमान हुने रहेनछ भन्ने पछिल्लो आर्थिक अवस्थाले देखाएको छ,’ उनले भने, ‘यसsf लागि अर्थतन्त्रका सबै क्षेत्रको उत्तिकै योगदान रहन्छ । सबै क्षेत्र चलायमान हुन जरुरी छ ।’

अध्यक्ष ढकालले बिमा क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २ लाखभन्दा धेरै रोजगारी सिर्जना गरेको तथ्यांक पस्किए । यसको विकास र विस्तारले थप रोजगारी सिर्जना हुने धारणा उनले राखे ।

यस्तै उनले बिमाको प्रिमियम बढी भएको र बिमा भुक्तानीमा समस्या भएको जस्ता गुनासो आउने गरेको भन्दै यसको सुधारका लागि पहल गर्न नियामक निकायलाई आग्रह गरे ।

अध्यक्ष ढकालले नियामक निकायलाई बिमा कम्पनीहरुको माइक्रो म्यानेजमेन्ट गर्नुभन्दा कम्पनीहरुलाई नै स्वयं जिम्मेवार बनाउन सके प्रभावकारी हुने सुझाव दिए ।

उनले कुल जनसंख्याको ४४ प्रतिशतमा पुगेको बिमाको दायरा बढाउन सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्