काठमाडौं । साताको अन्तिम कारोबार हुने दिन बिहीबार सेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से ६ दिन लगातार बढेर बिहीबार १८ अंकले घटेको हो ।
होटलबाहेकका सबै समूह ओरालो लागेपछि बजार १८.१४ अंकले घटेर २६३५.०९ अंकमा ओर्लिएको छ । होटल समूह ०.९९ प्रतिशत बढेको छ भने सबैभन्दा धेरै वित्त समूह २.९३ र विकास बैंक समूह २.०४ प्रतिशतले घटेको छ ।
आज ३०८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो रकम बुधबारको तुलनामा धेरै हो । बुधबार ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।
बजार घट्दा पनि ५५ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।