• Menu

सुनको मूल्य प्रतितोला ५ सय बढ्यो, चाँदीको स्थिर

नेपाल प्रफिट

२०८१ पुस २४, बुधबार ११:०३

सुनको मूल्य प्रतितोला ५ सय बढ्यो, चाँदीको स्थिर

काठमाडौं । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।

नेपाली बजारमा मंगलबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बुधबारका लागि १ लाख ५२ हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २६४७.२१ डलर पुगेको छ ।

बुधबार चाँदीको मूल्य भने स्थिर छ । मंगलबार प्रतितोला १८ सय ३० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।