• Menu

सेयर बजार बढ्यो,  ३०५ कम्पनीको ५ अर्ब ३८ करोडको कारोबार

नेपाल प्रफिट

२०८१ पुस २३, १५:३८

सेयर बजार बढ्यो,  ३०५ कम्पनीको ५ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबार मंगलबार सामान्य बढेको छ । सेयर बजार ६.१६ अंकले बढेर २६४६.८४ अंकमा उक्लिएको हो ।

आज कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएकामा आज ५ अर्ब ३८ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।

आज १२५ कम्पनीको मूल्य बढ्दा १०८ वटाको भने घटेको छ । १० वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

आज व्यापार ०.५९, निर्जीवन बीमा ०.४२, माइक्रोफाइनान्स ०.४४, जीवन बीमा ०.६७, हाइड्रोपावर ०.४२, विकास बैंक ०.८० प्रतिशत मूल्य बढेको छ ।

बैंकिङ ०.२७, होटल तथा पर्यटन ०.०४, अन्य ०.१८ र उत्पादन समूह ०.२५ प्रतिशत मूल्य घटेको छ ।

आज सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्कीट लागेको छ ।

त्यस्तै सिन्धु विकास बैंकको ९.७, समृद्धि फाइनान्सको ९, सामुदायिक लघुवित्तको ८.६ र अपरहेवाखोलाको ८.३ प्रतिशत मूल्य बढ्यो ।

आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत घटेको छ भने भूगोल इनर्जीको ८.४, उपकार लघुवित्तको ५.६ प्रतिशत घट्यो ।