काठमाडौं । मंगलबार बिहान चीनको तिब्बतस्थित सिगात्से क्षेत्रको दिङ्गी गाउँलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ३२ जनाको ज्यान गएको छ। क्षेत्रीय विपद् राहत मुख्यालयले समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै मृत्युको पुष्टि गरेको हो।
भूकम्प नेपाली समय अनुसार बिहान ६:५० बजे गएको हो । नेपालको भूकम्प मापन केन्द्रले भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको जनाएको छ भने चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ म्याग्निच्युड मापन गरेको छ । यो भूकम्प जमिनको सतहदेखि १० किलोमिटर गहिराइमा भएको थियो ।
भूकम्पको धक्का नेपाल, बंगलादेश, भारत र भुटानसम्म महसुस भएको थियो ।
भूकम्पको ठूलो धक्का गएपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।