• Menu

भारतमा क्रेटा ईभीको प्रि-बुकिङ खुला, भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिँदै

नेपाल प्रफिट

२०८१ पुस २१, १६:१२

भारतमा क्रेटा ईभीको प्रि-बुकिङ खुला, भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिँदै

काठमाडौं । भारतमा हुन्डाई क्रेटा ईभीको प्रि-बुकिङ खुला भएको छ । हुन्डाइ मोटर इन्डियाले भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने गाडीको बुकिङ अहिले खुला गरेको हो ।

भारत मोबिलिटी एक्स्पो २०२५ माघको पहिलो हप्ता हुँदैछ । कम्पनीका अनुसार अहिले २५ हजार भारतीय रुपैयाँमा क्रेटा ईभी गाडी बुकिङ गर्न सकिन्छ । गाडीको मूल्य भने सार्वजनिक गरिएको छैन ।

क्रेटा ईभी एक्ज्युकेटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स गरी चार भेरियन्टमा आउनेछन् । ४२ किलोवाट आवर (युनिट) र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री जडित यी कारले ३९० किलोमिटर र ४७३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल हो ।