• Menu

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

नेपाल प्रफिट

२०८१ पुस २०, शनिबार ०७:३६

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा शुक्रबार राति पुडासैनीको निधन भएको हो ।

३३ वर्षीय पुडासैनी छातीमा समस्या देखिएपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका थिए । उनी शुक्रबार राति कार्यालयको काम सकेर काठमाडौंको सरस्वतीनगरस्थित डेरा पुगेका उनी लगत्तै बेहोस भएर ढलेपछि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

डेढ दशकदेखि पत्रकारितामा सक्रिय पुडासैनी हाल नेपालभ्युज डटकममा कार्यरत थिए ।