• Menu

सुनको मूल्य प्रतितोला दुई हजार बढ्यो

नेपाल प्रफिट

२०८१ पुस १९, शुक्रबार ११:२४

सुनको मूल्य प्रतितोला दुई हजार बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढेको छ ।

नेपाली बजारमा बिहीबार प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज शुक्रबार लागि १ लाख ५३ हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस सुनको मूल्य २६३४.२३डलर रहेकोमा आज बढेर २६५९.८४ डलर पुगेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १७ सय ९० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १८ सय १० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।