• Menu

सेयर बजार बढ्यो

नेपाल प्रफिट

२०८१ पुस १८, १५:४६

सेयर बजार बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बिहीबार बढेको छ । बैंक, लगानी, लघुवित्त, अन्य र व्यापारबाहेकका सबै समूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ अंकमा उक्लिएको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह २.४० प्रतिशत र जलविद्युत १.८७ प्रतिशतले बढेको छ । नेप्से बुधबार पनि ५.१० अंकले बढेको थियो ।

आज १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटाको घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएन । आज ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।