काठमाडौं । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाली बजारमा बुधबार प्रतितोला १ लाख ५१ हजार रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बिहीबारका लागि १ लाख ५१ हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुनको मूल्य २६२४.४९ डलर रहेकोमा आज बढेर २६३४.२३ डलर पुगेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १७ सय ६५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १७ सय ९० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।