काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ५.१० अंकले बढेको छ । नेप्सेमा केही समयको उतारचढाव पछि परिसूचक ५.१० अंकले बढेर २५८१.६० अंकमा उक्लिएको हो ।
आज ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने १५० कम्पनीका लगानीकर्ताले कमाएका छन् । चार वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज कारोबार रकम भने घटेको छ । आज ३०५ कम्पनीको ३ अर्ब ५९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो । आइतबार ५ अर्ब ३७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
हाइड्रोपावर १.२४, विकास बैंक १.६८, फाइनान्स ३.८७, होटल तथा पर्यटन ०.९५, निर्जीवन बीमा ०.२२, व्यापार ०.६८, उत्पादन ०.२५ र लगानी ०.०९ प्रतिशत बढेको छ ।
बैंकिङ ०.७२, माइक्रोफाइनान्स ०.१६, र जीवन बीमा ०.०६ प्रतिशत घटेको छ । अन्य समूह ०.४१ प्रतिशत घट्यो ।
आज त्रिशुलि जल विद्युत कम्पनी लिमिटेडको १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्तको ९.९, सुपरमादी हाइड्रोपावरको ९.८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३६ प्रतिशत मूल्य बढ्यो ।
जोशी हाइड्रोपावरको ९.२, नारायणी डेभलपमेन्ट बैंकको ८, मल्टिपर्पस फाइनान्सको ७.२ प्रतिशत मूल्य बढ्यो ।
त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, त्रिशुली जलविद्युत कम्पनी, प्रभु बैंक र नेपाल फाइनान्स सबैभन्दा धेरै कारोबार भएको छ ।