काठमाडौं । सुनको मूल्य बुधबार प्रतितोला १४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ५१ हजार एक सय रुपैयाँ निर्धारण भएको हो ।
बुधबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । त्यस्तै मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।