• Menu

क्यानबाट सात सञ्चारकर्मी सम्मानित

नेपाल प्रफिट

२०८१ पुस १७, बुधबार १०:५३

क्यानबाट सात सञ्चारकर्मी सम्मानित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सात सञ्चारकर्मीलाई सम्मान गरेको छ । उड्डयन क्षेत्रको समाचार लेखेबापत क्यानले उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा कान्तिपुरका सुरज कुँवर, नयाँ पत्रिकाका नवीन अर्याल, बिजनेस न्युजका उत्तम काप्री, अनलाइन खबरका अच्युत पुरी, सेतोपाटीकी सविना कार्की र द एभरेस्ट न्युजकी फुर्वा सेर्पा छन् ।

उनीहरुलाई पर्यटन, नागरिक तथा उड्डयनमन्त्री बद्री पाण्डेल नगदसहित सम्मान पत्र प्रदान गरे ।