काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो कारोबार दिन आइतबार २१.१२ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ अंकमा ओर्लिएको हो ।
आज १७२ कम्पनीको सेयर मूल्य घटेको छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि ६९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । २ वटा कम्पनीको भने स्थिर रह्यो ।
आज कारोबार रकम भने बढेको छ । आज ३१६ कम्पनीको ५ अर्ब ४७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो । गत बिहीबार ५ अर्ब २० करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो ।
बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटेको छ।
आज महिला लघुवित्त संस्था लिमिटेडको १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त संस्था लिमिटेडको ९.९८ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत मूल्य घटेको छ ।