काठमाडौं । सुनको मूल्य आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ५० हजार दुई सय रुपैयाँ निर्धारण भएको हो ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । त्यस्तै शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।