• Menu

सुनको मूल्य प्रतितोला चार सय बढ्यो

नेपाल प्रफिट

२०८१ पुस १२, शुक्रबार ११:२०

सुनको मूल्य प्रतितोला चार सय बढ्यो

काठमाडौं । सुनको मूल्य शुक्रबार प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि एक लाख ५० हजार ७ सय रुपैयाँ निर्धारण भएको हो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । त्यस्तै बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।