• Menu

रास्वपा अध्यक्ष लामिछानेलाई अदालत उपस्थित गराइयो

नेपाल प्रफिट

२०८१ पुस २, १२:३९

रास्वपा अध्यक्ष लामिछानेलाई अदालत उपस्थित गराइयो

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

प्रहरीले उनीमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उनलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।