काठमाडौं । मल्टीपर्पस फाइनान्सले यो वर्ष पनि सेयरधनीको हात खाली बनाएको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव साधारण सभाबाट पारित गर्नुपर्ने हुन्छ । कम्पनीले साधारण सभाको मिति तोकिसकेको छैन । कम्पनीले यसअघि आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश बाँडेको थियो । त्यसयता लगातार हात खाली बनाइरहेको छ ।