• Menu

पोखरा एभेन्जर्स पाँच रनले पराजित, सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोली

नेपाल प्रफिट

२०८१ मंसिर ३०, १६:४७

पोखरा एभेन्जर्स पाँच रनले पराजित, सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोली

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार दिनको दोस्रो खेलमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोडेको हो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि ओपनर सइफ जइब ९ रन र विनोद भण्डारी १४ रनमा आउट भए ।

ब्रान्डन माक्मलेनले २३ रनमा बनाए । हरमित सिंह १३ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन मात्र बनाए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले अन्तिम ओभरमा सर्वाधिक ५ विकेट लिए । त्यस्तै हर्मीत सिंहले पनि ३ विकेट लिए ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ बलमा १४८ रन बनाएर अलआउट भयो ।

पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३६ रन बनाए । दिनेश खरेल १५,किरण ठगुन्ना ३२, जेन मलिक ११ र माइकल लिस्कले ५ रन जोडे ।

रेमन रेइफरले दुई चौका र दुई छक्का प्राहार गर्दै ३३ रन बनाउन सफल भए ।

बलिङमा पोखराका कप्तान भुर्तेलले २ विकेट लिए भने रेइफर, सागर ढकाल र माइकल लिस्कले १-१ विकेट लिए ।

सुदूरपश्चिमले ६ खेल मध्य पाँच खेलमा जित निकालेको छ भने

अन्तिम खेलअघि सुदूरपश्चिम १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । १० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ । ८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ ।