• Menu

चार महिनामा २ लाख ४१ हजार युवा बाहिरिए, पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो

नेपाल प्रफिट

२०८१ मंसिर २७, २०:२८

चार महिनामा २ लाख ४१ हजार युवा बाहिरिए, पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोडबराबर विप्रेषण मुलुक भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार  समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पाँच खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय पाँच खर्ब २१ अर्ब ४३ करोड थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार एक सय पाँच रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ३७ हजार चार सय ७५ र ६८ हजार आठ सय ४१ थियो ।