नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।
विराटनगरका लागि बसिर अहमदले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी सर्वाधिक ६८ रन बनाएर नट आउट रहे ।
राजेश पुलामीले २० बलमा एक चौका र ३ छक्का प्रहार गरी ३३ रन जोडेर नट आउट जोडे ।
मार्टिन गप्टिलले ३५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे ।
बलिङमा कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट लिए ।
विराटनगर किंग्सले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्रै बनायो ।
चितवनका लागि कप्तान कुशल मल्लले २५, अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८ र रवि बोपाराले २० रन बनाए ।
बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए । सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १-१ विकेट लिए । एनपीएलमा डेब्यु खेलमा युएईका हामिदले ४ ओभरमा १५ रन मात्र खर्चिए ।