• Menu

कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्स ५ रनले पराजित

नेपाल प्रफिट

२०८१ मंसिर २८, शुक्रबार १३:०२

कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्स ५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सले जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले मात्रै पराजित गरेको हो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।

ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल तीन रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा आठ रनमा आउट भए । कप्तान सोमपाल कामीले सात रन जोडे । लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्रै जोड्न सक्यो । अन्तिम बलमा ६ रनको आवश्यकता थियो तर ब्याट्सम्यान रन लिन सकेनन् ।

कर्णालीका लागि जीसम मक्सुदले २ विकेट लिए ।

सोमपाल कामी, नन्दन यादव, विलियम बसिस्टो र विपिन शर्माले १-१ विकेट लिए ।

कर्णालीले दिएको एक सय २८ रन लक्ष्य पछ्याएको लुम्बिनीले भने २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्रै जोड्न सक्यो ।

लुम्बिनीका लागि टोम मूलेसले सर्वाधिक ३६ रन बनाए । यस्तै, सन्दीप जोराले २४ रन बनाए । आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ रन बनाए ।

कप्तान रोहित पौडेल १० रनमा आउट हुँदा साद बिन जफरले १६ रन बनाए ।

लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका विकास आग्रीले तीन विकेट लिए भने तिलक राज भण्डारीले दुई विकेट झारे । त्यसैगरी साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लए ।