काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ ।
बुधबार १ लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य दुई हजार बढेको थियो ।
गत कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।