• Menu

एनपिएल : कप्तान करण केसीको उत्कृष्ट बलिङमा लुम्बिनी लायन्स १८ रनले पराजित

नेपाल प्रफिट

२०८१ मंसिर २६, बुधबार १६:५०

एनपिएल : कप्तान करण केसीको उत्कृष्ट बलिङमा लुम्बिनी लायन्स १८ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार दिनको दोस्रो खेलमा टस जितेर काठमाडौंले ब्याटिङ गरेको हो ।

काठमाडौंले दुई खेलमा जित निकालेको छ भने दुईमा हार व्यहोरेको थियो ।

काठमाडौंका ओपनर माइकल लेभिटलाई तेस्रो बलमै शून्यमा बोल्ड भए । अर्का ओपनर स्टेफन इकान्जी पनि १३ रनमा आउट भएका हुन् ।

जफरले गेरार्ल्ड इरासमसले एक रन जोडे सुमित महर्जन ४ रन बनाएर एलबिडब्लूको धरापमा परे। डान डाउनवैटले २४ बलमा २ छक्का प्रहार गरे ।

त्यस्तै, प्रतिक श्रेष्ठ २०, भीम सार्की ३१, शाहब आमल ८, रसिद खान १ र कप्तान करण केसी १ रन जोडेर आउट भए ।

बलिङमा काठमाडौंका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश कँडेलले ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए ।

अर्का खेलाडी जेरार्ड एरासमसले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । रासिद खानले १ विकेट लिए । शाहब आलमले विकेट नलिएपनि ४ ओभरमा १० रन मात्र खर्चिए ।

काठमाडौं गुर्खाजले दिएको १०४ रनको लक्ष्य पछाएको लुम्बिनी लायन्स ८५ रन बनाएर १९.२ ओभरमा अलआउट भयो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले १५ बलमा ८, सन्दिप जोराले २९ बलमा २ चौका प्रहार गर्दै सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४ रन जोडे । सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेक गौतम र रेमन सिमण्डसले समान दुई–दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए ।

साथै, लुम्बिनी लायन्स एक खेल बाँकी रहँदा लिग चरणबाट बाहिरिने पक्का भएको  छ ।