काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ५४ हजार दुई सय रुपैयाँ निर्धारण भएको हो ।
गत कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ९२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटिरहेका बेला सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि सुनको मूल्य केही घटेको थियो ।