काठमाडौं । लगातार तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ६.३२ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ अंक कायम भएको हो । सोमबार १२ अंकले घटेको थियो ।
आज १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटाको स्थिर छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि ८५ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ६२ करोड रुपैयाँ कारोबार भएकोमा आज ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज जोशी हाइड्रोपावरको ७.६, खानीखोलाको ७.५, गणपति लघुवित्तको ६.९, उपकार लघुवित्तको ६.२ तथा महिला लघुवित्तको ६.२ प्रतिशत मूल्य बढेको छ ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३.५, सपोर्ट माइक्रोफाइनान्सको २.८ प्रतिशत मूल्य घटेको छ ।