• Menu

पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्दै

नेपाल प्रफिट

२०८१ मंसिर २५, १३:४७

पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर कर्णाली याक्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले पहिले ब्याटिङ रोजेको हो ।

जारी प्रतियोगितामा पोखराले तीन मध्ये एक खेलमा जित निकालेको छ ।

कर्णालीले भने पाँचौ खेल खेल्न लागेको हो । कर्णालीले दुई खेल जित र दुई खेलमा हार ब्यहोरेको छ ।