• Menu

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, पुस ९ मा बुक क्लोज

नेपाल प्रफिट

२०८१ मंसिर २५, ११:४२

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, पुस ९ मा बुक क्लोज

काठमाडौं । सानिमा माई हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद हो । विद्युत नियमन आयोगको स्वीकृतिपछि पुस २८ गते बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीले लाभांश पाउनेछन् ।

कम्पनीले बुक क्लोजको मिति पुस ९ गतेका लागि तोकेको छ । लाभांश पाउन पुस ८ सम्म सेयरधनी कायम भएको या सेयर खरिद गरेको हुनुपर्नेछ ।

कम्पनीले गत वर्ष पनि अहिलेकै जति लाभांश दिएको थियो ।