• Menu

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, कहिलेसम्म किन्दा पाइन्छ ?

नेपाल प्रफिट

२०८१ मंसिर २४, १२:१७

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, कहिलेसम्म किन्दा पाइन्छ ?

काठमाडौं । हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले १५ प्रतिशत बोनस र करसहित ५ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ । पुस २८ गतेको साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गतेका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । लाभांश पाउन पुस १८ सम्म सेयर होल्ड गरेको या खरिद गरेको हुनुपर्नेछ ।

प्रस्तावित लाभांश गत वर्ष वितरण गरिएको भन्दा कम हो । कम्पनीले गत वर्ष करसहित २५ प्रतिशत लाभांश बाँडेको थियो । त्यस्तै २०७९/८० मा पनि ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।