काठमाडौं । मञ्जुश्री फाइनान्स ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित नाफाबाट सेयरधनीलाई करसहित ६.३५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
प्रस्तावित लाभांश गत वर्ष वितरण गरिएको भन्दा धेरै हो । मञ्जुश्री फाइनान्सले गत वर्ष करसहित ५.२६३ प्रतिशत लाभांश बाँडेको थियो ।