• Menu

सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित

नेपाल प्रफिट

२०८१ मंसिर २३, १६:४०

सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिए) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिमले पहिलो हार व्यहोरेको छ । चितवन राइनोजले सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको हो ।

चितवन राइनोजले दिएको १३५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १८.२ ओभरमा १३१ रन बनाएर अलआउट हुन पुग्यो ।

सुदूरपश्चिमका ओपनरद्वय सइफ जइब १८ रन र विनोद भण्डारी १० रनमा आउट भए । ब्रान्डन माक्मलेनले १३ रन र दिलप्रित बजवाले १२ रन जोड्न सके ।

कप्तान दीपेन्द्रसिंह ऐरी १ रन, आरिफ शेख ४ रन र नरेश बुढाऐर ५ रनमै आउट भए । इशान पाण्डेले ३५ रन जोड्न सके । पाण्डेले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । नरेन राउद १० रन र स्कट कुगेलेइनले १६ रन बनाए ।

सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिएका थिए ।

चितवनका लागि ओपनिङ ब्याटर हसन इशाखिलले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन बनाए । रवि बोपाराले १८ बलमा दुई चौका र छक्कासहित ३६ रन बनाएका हुन् ।

त्यस्तै, कप्तान कुशल मल्ल १३ रनमा आउट भए । अर्का ओपनर सन्तोस कार्की ९ रनमै आउट भए भने विपिन रावलले १७ रन जोडे ।

चितवन राइनोजका लागि कप्तान कुशल मल्लले एकै ओभरमा २ विकेट लिए । त्यस्तै, रिजन ढकाल, लोफ्टी इटन र अमरसिंह रटेउलाले २-२ विकेट लिए ।

चितवन राइनोजले यस अगि तिन खेल मध्ये दुई खेलमा विजयी भएको थियो ।