काठमाडौं । तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ११ प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले लगानीकर्ताका लागि गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट करबाहेक ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले साधारण सभाको मिति सार्वजनिक गरेको छैन ।
प्रस्तावित लाभांश गत वर्ष वितरण गरिएको भन्दा कम हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश बाँडेको थियो ।