काठमाडौं । राष्ट्रिय टिमका कप्तान एवं लुम्बिनी लायन्सका मार्की खेलाडी रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा पोखरा एभेन्जर्सलाई लुम्बिनीले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । रोहितले ९५ रनको कप्तानी पारी खेलेपछि लुम्बिनीले ५ विकेटको क्षतिमा १७० रनको स्कोर खडा गरेको हो ।
रोहितको स्कोर जारी प्रतियोगताको हालसम्मको उच्च स्कोर हो । यसअघि कर्णाली याक्सका शिखर धवनले ७२ तथा सुदूरपश्चिमका दिपेन्द्र सिंहले ऐरीले ७१ रन बनाएका छन् । रोहितले ५९ बल खेल्दा १० चौका र ४ छक्का प्रहार गरे ।
लुम्बिनीका लागि टम मुर्सले ४५ तथा सन्दीप जोराले १८ रन बनाए । आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमा आउट भए । पोखराका विपिन खत्रीले २ तथा म्याट क्रिच्लेले १ विकेट लिए ।