• Menu

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपाल प्रफिट

२०८१ मंसिर २१, शुक्रबार १२:१०

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । तर, चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासं३ले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।