काठमाडौं । नेपाल र चीनबीच नौ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको दुई पक्षीय वार्तापछि उनीहरुकै उपस्थितिमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।
यस्ता छन् सहमति र समझदारीका बुँदा
टोखा–छहरे सुरुङमार्गसम्बन्धी सहमतिपत्रको आदानप्रदान
नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र
नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्नसम्बन्धी प्रमाणपत्र आदानप्रदान
फर्मली प्रोसेस्ड बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल
विकास योजनासम्बन्धी समझदारी पत्र
आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्र
नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी पत्र
नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्र