• Menu

एनपीएलमा सुदूरपश्चिमको पहिलो जित, विराटनगर ९० रनले पराजित

नेपाल प्रफिट

२०८१ मंसिर १८, १२:४२

एनपीएलमा सुदूरपश्चिमको पहिलो जित, विराटनगर ९० रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्स विरुद्ध सुदूरपश्चिम रोएल्सले मंगलबार पहिलो खेलमा जित निकालेको छ । सुदूरपश्चिमले विराटनगर किंग्स लाई ९० रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले १८३ रनको लक्ष्य दिएकोमा विराटनगर किंग्सले १६.१ ओभरमा ९२ रन मात्रै बनायो ।

विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यस्तै, सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४ र स्कटले १० रन बनाए ।

दीपेन्द्रले १९.५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अन्तिम बलमा पनि छक्का प्राहार गरेपछि दीपेन्द्रले २४ बलमा सर्वाधिक ५७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट ४२ रन जोडेका थिए ।

पहिलो खेल जिते सँगै सुदूरपश्चिम रोएल्सले  २ अंक जोडेको छ ।