काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख ५० हजार ३०० रुपैयाँ निर्धारण भएको हो ।
कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटिरहेका बेला सरकारले भन्सार दर १० प्रतिशतमा झारेपछि सुनको मूल्य केही घटेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार १ हजार ८१५ रुपैयाँ प्रतितोला रहेको चाँदी मंगलबारका लागि १ हजार ८४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।