• Menu

नेप्से १८ अंकले बढ्यो, साढे १० अर्बभन्दा बढीको कारोबार

नेपाल प्रफिट

२०८१ मंसिर १७, १५:२९

नेप्से १८ अंकले बढ्यो, साढे १० अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सोमबार करिब २० अंकले बढेको छ । बैंक, विकास बैंक, वित्त र अन्यबाहेकका सबै समूह उकालो लागेपछि बजार परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ अंकमा उक्लिएको हो ।

आज कारोबार रकम पनि बढेको छ । आइतबार ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।

आज १२६ कम्पनीको मूल्य बढ्दा ११२ वटाको घटेको छ भने ५ को स्थिर रह्यो ।

आइतबार विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो भने आज व्यापार एवं होटल तथा पर्यटन समूहका कम्पनीमा आकर्षण देखिएको छ ।

आज विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार समूह ९.७ प्रतिशतले बढेको छ भने होटल समूहको सूचक ४.९९ प्रतिशतले बढेको छ ।

हाइड्रोपावर ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढेका छन् । अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्