काठमाडौं । कांग्रेस-एमाले गठबन्धनलाई पछि पार्दै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित भएकी छन् । पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी हुन् ।
उनले कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गरेकी छन् । माओवादीकी बुढाले ३ हजार ६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २ हजार १२८ मत पाएकी छन् ।